ad ad

कला


अभिनेत्री गौतमी तडिमल्लाले दिइन् भाजपाबाट राजीनामा, यस्तो छ आरोप

अभिनेत्री गौतमी तडिमल्लाले दिइन् भाजपाबाट राजीनामा, यस्तो छ आरोप

दक्षिण भारतीय अभिनेत्री तथा राजनीतिकर्मी गौतमी तडिमल्ला


नेपालखबर
कात्तिक ६, २०८० सोमबार १८:१६, काठमाडौँ

दक्षिण भारतीय अभिनेत्री तथा राजनीतिकर्मी गौतमी तडिमल्लाले भारतीय जनता पार्टी (भाजपा) बाट राजीनामा दिएकी छन्। 

‘आफूलाई धोका दिने र ठग्ने’ एक व्यक्तिलाई भाजपाका केही नेताले सहयोग गरिरहेको आरोप लगाउँदै अभिनेत्री तडिमल्लाले पार्टीबाट राजीनामा दिएकी हुन्। 

उनले सोमबार इन्स्टाग्राममा लेखेकी छिन्– ‘आज म मेरो जीवनको यस्तो मोडमा उभिएकी छु, जहाँ मलाई मेरो पार्टी र नेताबाट कुनै सहयोग र समर्थन छैन, यति मात्र होइन, मैले के थाहा पाएँ भने मेरो पार्टीका मान्छेले एउटा त्यस्तो व्यक्तिलाई सहयोग र समर्थन गरिरहेका छन्, जसले मलाई विश्वासघात गर्‍यो, मलाई ठग्यो।’ 

२५ वर्षदेखि भाजपामा आबद्ध अभिनेत्री गौतमी ताडिमल्लाले इन्स्टाग्राममा आफ्नो राजीनामा सेयर गर्दै पार्टी अध्यक्ष जेपी नड्डा र पार्टीका तमिलनाडु अध्यक्ष के अन्नामलाई ट्याग गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .