ad ad

कला


मुम्बइमा जारी ‘मामी’ महोत्सवमा नेपाली चलचित्रको वर्चस्व, कुन-कुन चलचित्र छन् प्रतिस्पर्धामा?

मुम्बइमा जारी ‘मामी’ महोत्सवमा नेपाली चलचित्रको वर्चस्व, कुन-कुन चलचित्र छन् प्रतिस्पर्धामा?

नेपालखबर
कात्तिक ११, २०८० शनिबार ११:२०, काठमाडौँ

शुक्रबारदेखि भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ।

कात्तिक १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन्। महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन्। 

महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’  ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ। यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन्। 

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ।

छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स्’ पनि प्रतिस्पर्धामा छन्। विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ। उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो। 

महोत्सवमा सहभागी हुन पुगेकी निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएको बताइन्। ‘प्रतिस्पर्धामा सहभागी चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै यहाँका चलचित्र हेर्न र आफ्नो चलचित्रका बारेमा आउने प्रतिक्रियाका निमित्त तयार भएर बसेकी छु,’ उनले भनिन्। 

नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन्। मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .