निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ को अग्रिम बुकिङ खुलेको छ। ‘युनिभर्स’ सर्टिफिकेटसहित सेन्सरबाट प्रदर्शन अनुमति पाएसँगै फिल्मको बुकिङ खुला गरिएको हो। २ घण्टा २८ मिनेटको यस फिल्मलाई सबै दर्शकले हेर्न पाउनेछन्।
यस फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ लगायतको अभिनय रहेको छ। निश्चलसहित अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमामा विशेष भूमिकामा देखिएका छन्।
आकाश बरालको लेखन रहेको फिल्मको मनोज पण्डित स्क्रिप्ट डाक्टर हुन्। रौनक विक्रम कडेल निर्माता रहेको यो फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदैछ।
33
Shares
प्रतिक्रिया