आगामी फागुन २५ गते महाशिवरात्रीमा नेपाली फिल्मबीच ठूलो भिडन्त हुने भएको छ।
झण्डै आधा दर्जन फिल्मले प्रदर्शनको एकै मिति घोषणा गरेपछि बक्सअफिसमा फिल्मबीच चर्को प्रतिस्पर्धा हुने निश्चित भएको हो।
सुरुमा फागुन २५ गतेका लागि फिल्म ‘काँडेतार’ ले प्रदर्शन मिति तय गरेको थियो। सेन्सर पास भइसकेको यस फिल्मले राष्ट्रप्रेमको कथालाई समेटेको छ।
काँडेतारसहित दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘रंगेली’ र रेखा थापाको ‘उपहार’ ले समेत यो डेट फिक्स गरिसकेका छन्।
सोहिदिन दयाहाङ र मिरुनाको आफ्नै फिल्मबीच समेत प्रतिस्पर्धा हुँदैछ।
किनकी उनीहरुको अर्को फिल्म ‘लोकल हिरो’ प्रदर्शनको लागि पनि सोही मिति तोकिएको छ। सोहीमितिमा सौगात मल्लको ‘अगस्त्य’ पनि थपिने चर्चा छ।
तर, फागुन २५ गतेको लागि आफूले सुरुमा मिति तोकेको काँडेतारका निर्देशक तथा कलाकार नवल खड्का दाबी गर्छन्। उनले एकैमितिमा धेरै फिल्म जुध्दा नेपाली उद्योगलाई घाटा हुने बताए।
‘फागुन २५ का लागि सुरुमा हामीले मिति पक्का गरेका हौँ। त्यसमाथि काँडेतार राष्ट्रप्रेमसम्बन्धि फिल्म हो। यस्तोमा सबैले सहयोग गर्नुपर्नेमा झन जुध्न आउँदा दुःख लागिरहेको छ,’ उनले भने।
Shares
प्रतिक्रिया