ad ad

कला


‘दिमाग खराब’ बारे छलफल गर्न वार्ता टोली गठन

‘दिमाग खराब’ बारे छलफल गर्न वार्ता टोली गठन

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १५:४३, काठमाडौँ

हलमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ को विषयमा छलफल गर्न नेपाल निर्माता संघ र नेपाल चलचित्र संघले वार्ता टोली गठन गरेका छन्।

आज चलचित्र संघले फिल्म ‘दिमाग खराब’ टिम र निर्माता संघसँगको छुट्टाछुट्टै वार्तापछि छलफलका लागि टोली गठन गरेको हो।

चलचित्र संघले नयाँ वार्ता टोली गठन गरेसँगै आफूले पनि वार्ता टोली गठन गरेको निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन्।

‘चलचित्र संघले वार्ता टोली गठन गरेपछि हामीले पनि वार्ता टोली गठन गरेका हौँ। आज रातिसम्म वार्ता टोलीले यस विषयमा निष्कर्ष निकाल्नेछ,’ उनले भने।

चलचित्र संघको तर्फबाट राजकुमार पोखरेलको अध्यक्षतामा वार्ता टोली गठन गरिएको छ। निर्माता संघले भने अशोक शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

चलचित्र संघले माग पुरा नगरेको खण्डमा कुनैपनि विदेशी तथा स्वदेशी फिल्म प्रदर्शन गर्न नदिई आन्दोलनमा जाने खड्काको चेतावनी छ।

कात्तिक २९ गते निर्देशक निश्चल बस्नेतले फेसबुक लाइभ आएर हलहरुले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रदर्शन रोक्ने चेतावनी दिएका थिए। एक विज्ञप्ति निकाल्दै विदेशी फिल्म बराबर सो र आन्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्ने माग थियो। यी दुवै माग पूरा नभए प्रदर्शन नै रोक्ने निर्माण टिमको चेतावनी थियो।

त्यसको भोलिपल्ट निर्माता टिम र नेपाल चलचित्र संघबीच वार्ता भएको थियो। शो बाँडफाँटको कुरा मिलेपनि सेयर बाँडफाँटको कुरा मिल्न सकेन। मंसीर ५ गते वार्तामा बस्ने सहमति भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .