यसैवर्ष दुई हिट फिल्म दिइसकेका शाहरुख खान ‘डंकी’ मा देखिँदैछन्। राजकुमार हिरानी निर्देशित यो फिल्म आगामी क्रिसमसमा रिलिज हुँदैछ।
राजकुमार र शाहरुख यस फिल्ममा पहिलोपटक सहकार्य गरेका हुन्। बुधबार फिल्मको पहिलो गीत ‘लुट पुट गया’ सार्वजनिक भएको थियो।
पहिलोगीत आएपछि शाहरुखले आफ्नो फ्यानहरुसँग एक्स (ट्विटर) मा आस्कएसआरके सेसन गरे। जहाँ उनले फ्यानहरूसँग सवालजवाफ गरे।
एक फ्यानले शाहरुखलाई सोधे, ‘यसपटक तपाईंलाई राजकुमार सरले अप्रोच गर्नुभयो कि तपाईंले राजकुमार सरलाई?
फ्यानको प्रश्नमा शाहरूखले रमाइलो जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरअगाडि टेन्ड लगाएको थियो। जहाँ फिल्मको कथा पनि सुने र हस्ताक्षर पनि गरे। फिल्मको सम्पादन पनि त्यही चलिरहेको छ।’
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुख हार्डी पात्रको भूमिकामा छन्। साथै यस फिल्ममा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतले अभिनय छ।
राजकुमार र शाहरुखले पहिलोपटक एकसाथ सहकार्य गरेका हुन्। फिल्म ‘डंकी(ट्रप १’ नाम दिएको यस फिल्मले अवैध रुपमा विदेश जानेहरूको कथा भन्छ।
रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्ममा हिरानीकै कथा छ।
यो फिल्म आगामी २२ डिसेम्बरबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया