दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘दुःखी आत्मा’ बन्ने घोषणा भएको छ। निर्माण समूहका अनुसार अभिनेता दयाहाङ राई फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।
लामाकै लेखन रहेको फिल्ममा हिमाल कडरियाको लगानी रहनेछ। फिल्ममा दयाहाङ अनुबन्धित भएपनि अन्य कलाकार र प्राविधिक चाँडै टुंगो लगाइने बताइएको छ।
सामाजिक र कमेडी जनरामा बन्ने यस फिल्मको छायाङ्कन २०८० सालको अन्त्यबाट सुरु हुनेछ। आरआर फिल्मसले फिल्मको वितरण गर्नेछ।
निर्देशनका हिसाबले लामाका लागि छैटौँ फिल्म हो। यसअघि उनले घामपानी, गोपी, छ माया छपक्कै, दुई नम्बरी र नाङ्गो गाउँ निर्देशन गरिसकेका छन्। जसमध्ये चार फिल्ममा दिपेन्द्र र दयाहाङले सहकार्य गरिसकेका छन्।
69
Shares
प्रतिक्रिया