दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘दयारानी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको विदेशी रिलिज राइट सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो।
निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेनसिज इन्टरटेनमेन्टबीच बुधबार सम्झौता भएको थियो।
कलाकार माओत्से गुरुङ डेब्यू निर्देशित यस फिल्ममा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका रहेको छ। त्यसैगरी, फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतको अभिनय रहेको छ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा बनेको यस फिल्मले दयालु युवतीको कथा भन्नेछ। फिल्मको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट रहेका छन्। आगामी माघ २६ गतेबाट यो फिल्म प्रदर्शन हुनेछ।
93
Shares
प्रतिक्रिया