कलाकार दयाहाङ राई तथा मिरुना मगर अभिनीत फिल्म ‘मनसरा’ले रिलिज मिति तय गरेको छ। फिल्म निर्माण टिमले ‘मनसरा’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुनालाई एकल रुपमा प्रस्तुत गरिएको छ।
फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ। ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले फिल्म निर्देशन गरेका हुन्। फिल्ममा मिरुनाले मनसरा बनेर फिल्मको शीर्ष भूमिका निर्वाह गर्नेछिन्। मिरुना र दयाका अलावा फिल्ममा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
निर्देशक सुब्बाले नै फिल्मको कथा लेखेका हुन्। फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउन्ड डिजाइन रहेको छ। त्यस्तै, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ।
त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर र जी टु वान डिजिटल पार्टनर बनेका छन्।
Shares
प्रतिक्रिया