बलिउड अभिनेता सलमान खानका लागि सन् २०२३ औसत वर्ष बन्यो। त्यसवर्ष रिलिज भएका उनका दुई फिल्म ‘किसीका भाइ किसीका जान’ र ‘टाइगर ३’ बक्सअफिसमा कमाल गर्न सकेनन्।
सन् २०२४ को सुरुवातसँगै सलमान आगामी फिल्म‘द बुल’ को तयारीमा जुटेका छन्। उनी फिल्मको लागि दैनिक साढे तीन घण्टा कडा ट्रेनिङ् गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
२९ डिसेम्बरमा ‘द बुल’ को मुहूर्त सट खिचिएको थियो। करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको एक्सन प्याक फिल्मका लागि सलमानले आफूलाई ठूलो ट्रान्सफमेसन गर्नुपर्ने छ। किनकी उनी‘द बुल’ मा सलमान ब्रिगेडियर फारुक बुलसाराको भूमिकामा देखिनेछन्। जसले सन् १९८८ मा माल्दिभ्समा अपरेशन क्याक्टसको नेतृत्व गरेका थिए।
फेब्रुअरीबाट सुटिङ सुरु हुने यस फिल्ममा सलमान खान सैनिक अफिसरको बन्नेछन्। ब्रिगेडियरजस्तै बन्न सलमान खानले ठूलो परिवर्तन गर्नुपर्नेछ, जसको लागि उनले जिममा घण्टौं पसिना बगाएर तयारी सुरु गरेका छन्। जिममा घण्टौं वर्कआउट गर्नुका साथै उनले आफ्नो खानपिनमा पनि परिवर्तन गरेका छन्।
विष्णु वर्धनको निर्देशनमा बन्ने‘द बुल’ मा अपरेशन क्याक्टसको कथा देखाइनेछ। जसमा भारतीय सशस्त्र बलले ३ नोभेम्बर १९८८ मा व्यापारी अब्दुल्ला लुथुफी र पीपुल्स लिबरेसन अर्गनाइजेसन अफ तमिल इलमको नेतृत्वमा भएको ठूलो प्रयासपछि माल्दिभ्सलाई नियन्त्रणमा ल्याउन सहयोग गरेको थियो।
Shares
प्रतिक्रिया