घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को प्रिमियर भएको छ। सोमबार साँझ काठमाडौँमा गरिएको फिल्मको प्रिमियरमा नेपाली फिल्मकर्मी राम्रो उपस्थिति थियो।
यो अभिनेता सन्तोष अधिकारीको डेब्यु फिल्म समेत हो। पारिवारिक कथावस्तुमा बनेको यस फिल्मले बुवाछोरीको सम्बन्धको कथा भन्छ। महेश पौडेलको छायांकन रहेको फिल्ममा मनिष गौतमको पटकथा/संवाद, लेखन छ।
प्रिमियर हेर्न पुगेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म राम्रो बनेको बताए। साथै उनले अभिनेता सन्तोष र प्रमोद अग्रहरीको पनि तारिफ गरे।
फिल्मको प्रिमियरमा भुवनसहित गौरी मल्ल, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए।
गौरी मल्लले पनि आफूलाई फिल्मको कथा मनपरेको बताउँदै फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन्।
यस्तै, दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। यो फिल्म पौस २७ गते शुक्रबारबाट रिलिज हुँदैछ।
फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन्। फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।
Shares
प्रतिक्रिया