सविर श्रेष्ठको निर्देशनमा फिल्म ‘रुखान’ बन्ने भएको छ। महिला संघर्षको कथामा बन्ने फिल्मलाई ४ वटा भाषामा रिलिज गरिने निर्माणटिमले जनाएको छ। नेपालीसहित अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा फिल्म बन्नेछ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा रहेको छ। अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन्।
सार्वजनिक फिल्मको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ। फिल्मको फस्टलुकमा पोस्टरमा ‘न्याय देउ’ भनेर लेखिएको छ।
यो फिल्म महिलाको संघर्षको कथामा बन्ने फिल्मका निर्देशक सविर श्रेष्ठले बताए।
‘यो एक महिलाको संघर्षको कथा हो। यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं। फिल्मको मुख्य पात्र पनि महिला कलाकार नै हुनुहुनेछ,’उनले भने।
उनका अनुसार कलाकारहरु फाइनल गर्ने क्रम जारी छ। चाडै फिल्मको मुख्य कलाकारको नाम घोषणा गरिने समेत बताइएको छ।
Shares
प्रतिक्रिया