ad ad

कला


कमब्याकको तयारीमा आमिर खान, सुरु गरे नयाँ फिल्मको सुटिङ

कमब्याकको तयारीमा आमिर खान, सुरु गरे नयाँ फिल्मको सुटिङ

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १६:३२, काठमाडौँ

फिल्म 'लाल सिंह चड्ढा' असफल भएपछि आमिर खान केही वर्ष फिल्म उद्योगबाट टाढा भए। केहीवर्ष फिल्म नगरेका आमिरले अब नयाँ फिल्ममा काम गर्न तयार भएका छन्। 

हालै एक अन्तर्वार्तामा आमिरले ब्रेकबारे खुलासा गरेका छन्। परिवारलाई समय दिन केही वर्ष ब्रेक लिएको बताउँदै अब काम गर्ने तयार भएको बताए। 

'मैले यो छोटो ब्रेक लिएको कारण म परिवारसँग समय बिताउन चाहन्छु। म विगत केही वर्षदेखि काममा निकै व्यस्त थिएँ। मैले पछिल्ला २ वर्ष धेरै रमाइलो गरेको छु। म मेरो परिवारसँग धेरै समय बिताउँछु। र, सबैसँग बलियो बन्धन निर्माण गर्ने प्रयास गरेको छु,' उनले भने। 

उनले कमब्याक गर्न लागेको फिल्मको एकसाताअघि छायाङ्कन समेत सुरु भइसकेको छ। उनले आफूलाई जुन कथा मन पर्छ, त्यही गर्ने समेत उनले सुनाए।

‘मलाई जुन कथा मन पर्छ त्यही गर्छु। मैले पहिलो पटक गरे जस्तै काम गर्नेछु। मन छुने काम गर्न मन लाग्छ', उनले भने।

आमिरले आफूलाई विभिन्न जनराको फिल्ममा काम गर्न इच्छा भएको समेत सुनाए। 

अन्तर्वार्ताका क्रममा आमिरलाई रोमान्टिक भूमिकामा देख्न सकिन्छ कि भनेर सोधिएको थियो। जवाफमा उनले भने, 'यो उमेर अनुसार सही कथा पाए र त्यो पात्रमा फिट भएँ भने अवश्य गर्छु। यो उमेरमा रोमान्स अलि नर्मल हुन्छ।'

सन् २०२२ मा रिलिज भएको लालसिंह चड्डाले बाइकट ट्रेन्डको सामना गर्नुपरेको थियो। १८० करोड भारु बनेको यो फिल्मले विश्वभर मात्रै १२९.६४ करोड कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .