चलचित्र ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको हो।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ। एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द रहेको छ।
गीतको भिडियोमा सौगात मल्ल, मलिका महत लगायत कलाकारहरु फिचर्ड छन्।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा सौगात र मलिका सहित नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का लगायतको अभिनय छ। यो फिल्म फागुन १८ गतेबाट विश्वभर रिलिज हुँदैछ।
12
Shares
प्रतिक्रिया