ad ad

कला


दर्शकको ताँती लागेपछि फागुन १२ सम्मलाई थपियो ‘मासिन्या’को मञ्चन अवधि

दर्शकको ताँती लागेपछि फागुन १२ सम्मलाई थपियो ‘मासिन्या’को मञ्चन अवधि

नेपालखबर
माघ २८, २०८० आइतबार ११:१६, काठमाडौँ

नाटक 'मासिन्या' को मञ्चन अवधि थपिएको छ।

दर्शकको बढ्दो माग देखिएपछि मञ्चन समय १० दिनका लागि लम्ब्याइएको ताम्सालिङ संघर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए।

यसअघि माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ देखि १२ गतेसम्म मञ्चन हुने भएको छ।

माघ ११ गते मञ्चन सुरु गरिएको नाटक ४ हजारभन्दा दर्शकले हेरिसकेको मण्डला बक्स अफिसले जनाएको छ।

नाटक हेर्न उपत्यकाबाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमक लगायतका स्थानबाट दर्शक आइरहेका छन्।

राजनीतिकर्मीदेखि सुकुमवासीसम्म दर्शक सहभागी भएकाले थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताए।

‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैरतामाङको पनि उल्लेख्य उपस्थिति देखिएको छ। यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन भएको छ। यो हामीजस्ता स्रष्टाका लागि सुखद कुरा हो', उनले भने।

नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र रावत (रामबहादुर तामाङ) छन्।

समुदाय विशेषको कथा रहेको नाटक पहिलो प्रयास भएकाले दर्शकको अभाव होला कि भन्ने डर थियो।

अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक रावतले सुनाए।

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाललगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .