ad ad

कला


‘सक्किगोनि’ टिमले फिल्म 'लाज शरणम्' बनाउने

‘सक्किगोनि’ टिमले फिल्म 'लाज शरणम्' बनाउने

नेपालखबर
फागुन ३, २०८० बिहिबार १३:१२, काठमाडौँ

चर्चित हास्य टेलिकशृंखला 'सक्किगोनि' टिमले नयाँ फिल्म बनाउने भएको छ। बुधवार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै 'लाज शरणम्' टाइटलमा फिल्म बनाउने घोषणा गरेका हुन्। 

सोसल कमेडी जनरामा बन्ने फिल्ममा कुमार कट्टेल (जिग्री) को कथा रहेको छ।

हाल कट्टेलसहित दीपक आचार्य (काकु), हरिश निरौला (क्रकोज)र गजित बिष्ट मिलेर फिल्मको पटकथा लेखिरहेका छन्। फिल्ममा देश र जनताहरुले भोग्नुपरेको समस्यालाई चित्रण गरिने बताइएको छ। 

फिल्मको नाम घोषणा गरिएपनि कलाकारसहित नाम खुलाइएको छैन। तर, सार्वजनिक गरिएको टाइटलमा जिग्री पाँडेको टीम उल्लेख छ।

यसअर्थमा त्यसै टिमबाट एकजनाले फिल्मलाई निर्देशन गर्नेछन्। यस फिल्मको छायाङ्कन २०८१ सालमा गरिनेछ। 

लामोसमयदेखि टेलिसिरिलल 'सक्किगोनी' दर्शकहरुमाझ लोकप्रिय छ। यो सिरियल कट्टेलसहित अर्जुन घिमिरे (पाँडे) को लेखन तथा निर्देशनमा बन्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .