सत्तारुढ नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव दिने क्रम सकिएको छ।
बिहीबार मध्यान्ह २० वटै समूहले संकलित सुझावलाई बैठकमा प्रस्तुत गरेका हुन्।
विधान मसौदामाथि सुझाव दिन बनाइएका सबै समूहले सुझाव राखिसकेको नेता विशाल खड्काले बताए।
सुझाव दिने क्रम सकिएपछि अब प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्ने भएका छन्।
मंगलबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी अधिवेशनमा सहभागी करिब १३ सय जना नेता कार्यकर्ताहरूलाई विभिन्न २० समूहमा बाँडिएको थियो।
21
Shares
प्रतिक्रिया