अभिनेत्री नन्दिता केसीले शनिबार अरविन्द्र कटवालसँग बिहे गर्दै छिन्।
बिहेअघि बिहीबार काठमाडौंमा मेहेन्दी कार्यक्रम गरिएको थियो।
जुन समारोहमा नन्दिता निकै खुसी देखिइन्। फिक्का हरियो र गुलाबी लेहंगामा देखिएकी नन्दिता निकै सुन्दर देखिएकी थिइन्।
साथै नन्दिता र अरविन्द्र एकअर्कासँग निकै रोमान्टिक देखिए। उक्त सेरेमोनीमा श्वेता खड्का, गायिका रेखा शाह, कोरियाग्राफर रेनशा वान्तवा राई लगायतको उपस्थिति थियो।
नन्दिता पछिल्लो समय अमेरिकामा बस्दै आइरहेकी छिन्। अरविन्द्र पनि अमेरिकामै बस्छन्।
मागी बिहे गरेकी नन्दिताले केही दिनअघि नयाँ जीवन सुरुवात गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।
993
Shares
प्रतिक्रिया