कमेडी शो 'मुन्द्रेको कमेडी क्लब'को तेस्रो सिजन बन्द भएको छ।
शोका सञ्चालक जितु नेपालले फेसबुकमार्फत तेस्रो सिजन बन्द गर्न लागेको घोषणा गरेका छन्।
'अन्तत: एमसीसी (मुन्द्रेको कमेडी क्लब) बाट बिदा मागियो, आज अन्तिम भाग। ३ सिजन गरेर १८४ भाग गरिएछ। सबैप्रति आभारी छु', उनले लेखेका छन्,' भन्नपर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासि बन्द गर्न पर्ने केही कारण चाँहि भनेको छैन, अहिले पनि भनिनँ। समय आएपछि भनौँला।'
यसपटकको शोको अध्यक्ष अभिनेत्री प्रियंका कार्की छिन्। उषा पौडेल रिजाल निर्माता रहेको शोको निर्देशन दिनेश डिसीले गरेका हुन्।
जितुले नै होस्ट गरिरहेको शोमा प्रभात लामा, राजेन्द्र नेपाली, दिनेश काफ्ले, एलिना बाँस्कोटा, श्याम राना मगर, राधिका कँडेलले प्रस्तुति दिइरहेका थिए।
189
Shares
प्रतिक्रिया