अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोहमा हलिउडसहित भारतीय धेरै ठूला स्टार सहभागी भए।
पहिलो दिन रिहानाले आफ्नो कन्सर्टले सबैलाई तानिन्। दोस्रो दिन बलिउड स्टारहरुको नृत्यले हंगामा मच्चाएको थियो। 'नाटु नाटु' गीतमा सलमान, शाहरुख र आमिरसँग राम चरण पनि नाचे।
शाहरुख आफैँले रामचरणलाई स्टेजमा आउन भनेका थिए। चारैजनाले आफ्नो नृत्यले सबैलाई मोहित बनाए पनि।
तर, शाहरुखको एउटा जोक अहिले विवादास्पद बनेको छ।
खासमा शाहरुखले स्टेजमा बोलाउँदा रामचरणलाई भन्छन्, 'इडली वडा राम चरण तिमी कहाँ छौँ?
शाहरुखको यस अभिव्यक्तिले रामचरणका फ्यान आक्रोशित भएका छन्। रामचरणकी मेकअप आर्टिस्ट जेबा हसिन पनि निकै रिसाएकी छन्।
शाहरुखको कुराले उनी यति रिसाइन् कि उनले अम्बानीको पार्टी नै छाडिन्।
'भेन्ड इडली वडा राम चरण, तिमी कहाँ छौ? यसपछि म त्यहाँबाट गएँ। रामचरणजस्ता स्टारको यस्तो अपमान', उनले इन्स्टाग्राममा लेखेकी छन्।
बलिउड कलाकारले जस्तो दक्षिण भारतीय स्टारले सम्मान नपाउनु दु:खद् भएको उनले उल्लेख गरेकी छन्।
Shares
प्रतिक्रिया