आरबी डाइमन्डले २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडाैँमा भव्य ज्वेलरी रनवे आयोजना गर्यो।
जहाँ बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फेसन रनवेमा सहभागी भइन्।
रनवेको शो स्टपरको भूमिका निर्वाह गरेकी ज्याकलिन नेपाली गहना र पहिरनमा निकै सुन्दर देखिएकी थिइन्।
शिवांगी प्रधानको डिजाइन र आरबी डायमन्डको गहना लगाएर उनी तीनपटक रनवेमा प्रस्तुत भइन्।
त्यसैगरी आरबी डायमन्डका ब्रान्ड एम्बेसडर रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जन पनि रनवेमा देखिए।
तीनवटा कलेक्सन प्रदर्शन गरेकी ज्याकलिन शोको अन्त्यमा लेहेंगामा देखिएकी थिइन्।
अन्य कलाकार पनि पहिरन र गहनामा रनवेमा प्रस्तुत भए। रनवेकै लागि शुक्रबार काठमाडौँ पुगेकी ज्याकलिन फर्नान्डिज आज भारत फर्किने बताइएको छ।
384
Shares
प्रतिक्रिया