उपाधि रक्षाका लागि चर्चित इङ्लिस स्ट्राइकर ह्यारी केनलाई भित्र्याएको जर्मन महारथि बायर्न म्युनिख खाली हुने निश्चित भएको छ।
जर्मन बुन्डेस लिगाको उपाधि रक्षामा असफल हुने करिब निश्चित भएपछि बार्यन प्रशिक्षक थोमस टुचेलले बायर लेभरकुसेनलाई बधाई दिएका छन्।
गएराति भएको खेलमा बायर्नलाई चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डले २-० गोलले पराजित गर्यो। गत सिजन अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा पार्न नसक्दा उपाधिबाट चुकेको डर्टमुन्ड यो सिजन च्याम्पियन्स लिगका लागि संघर्षरत छ।
अर्कातिर बायर्न पनि उपाधि रक्षा गर्न असफल हुने पक्का भइसकेको छ। यस्तोमा शनिबार राति बायर्न प्रशिक्षकले भने, 'अब सकियो, बधाई छ लेभरकुसेन।'
उनले अझै ११ खेल बाँकी रहेको अवस्थामा उपाधि होडको दौड सकिएको निष्कर्ष टुचेलले निकालेका हुन्।
'बधाई छ बायर, अब उपाधि होडको दौड सकियो', टुचेलले डर्टमुन्डसँग पराजित भएसँगै भने छन्।
बायर्नलाई डर्टमुन्डले पराजित गरेको दिन उपाधि होडमा १३ अंकको फराकिलो अग्रता बनाएको लेभरकुसेनले होफ्फेनहाइमलाई २-१ ले हराएको छ।
घरेलु मैदानमा लेभरकुसेनले होफ्फेनहाइमलाई खेलको अन्तिम समयमा हराउन सफल भएको हो।
तर यो खेलमा अग्रता भने म्याक्सिमिलियन बेअरले खेलको ३३ औँ मिनेटमा गोल गर्दै हेफ्फेन्हाइमलाई अग्रता दिलाएका थिए।
तर लेभरकुसेनले खेलको दोस्रो हाफमा बराबरी र जितका लागि निर्णायक दुवै गोल गर्न सफल भयो।
उसका लागि खेलको ८८ औँ मिनेटमा रोबर्ट एन्ड्रिचले बराबरी गोल फर्काए। त्यसपछि खेलको अतिरिक्त समयको पहिलो मेटमा प्याट्रिक शिकले गोल गर्दै बायरलाई महत्वपूर्ण जित दिलाए।
यो जितपछि ३९ खेलसम्म अपराजित लेभरकुसेनले २७ खेलबाट २३ जित र ४ बराबरी गर्दै ७३ अंक बनाएको छ। उसले लामो समयपछि बुन्डेसलिगाको उपाधि करिब पक्का गरेको छ।
डर्टमुन्डसँग पराजित बायर्न म्युनिखले २७ खेलबाट ६० अंक बनाएको छ। तर ऊ बायरभन्दा १३ अंकले पछि परिसकेको छ।
उता बायर्नलाई हराएको डर्टमुन्ड २७ खेलबाट ५३ अंक बनाउँदै च्याम्पिन्स लिगको दौडमा कायमै छ।
Shares
प्रतिक्रिया