अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले करिब डेढ महिनाकी छोरीको तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेकी छन्।
उनले बुधबार छोरी लिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संसार हेरिरहेको उल्लेख गरेकी हुन्।
उनले लेखेकी छन्, ‘के हेरेको भन्ने सोच्नु भो होला। संसार हेर्दै छु, अनि संसारमा तपाईंहरू पनि त हुनुहुन्छ।’
छोरी जन्माउनकै लागि श्रीमान्ं बलराम शाही ठकुरीसँगै अमेरिका गएकी रेखाले गत फेब्रुअरी २३ (फागुन ११) मा छोरी जन्माएकी थिइन्।
अमेरिकाको कोलोराडोस्थित अस्पतालमा रेखाले जन्माएकी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी हो।
सन्तान जन्माउन आफ्नो मुलुक छाडेर अमेरिका गएको भनी कतिपयले रेखाको आलोचनासमेत गरेका थिए।
1.1k
Shares
प्रतिक्रिया