रङ्गकर्मी र प्रशिक्षकहरूलाई लक्षित गरिएको माइकल चेकव पद्धतिमा कार्यशाला सुरु भएको छ। चैत्र १७ गतेदेखि मध्य बानेश्वरस्थित भ्याली स्कुलको भीभीएस थिएटरमा सुरु भएको कार्यशालामा विभिन्न थिएटरबाट २५ जना रङ्गकर्मी सहभागी छन्। यो कार्यशाला चैत २६ गतेसम्म चल्नेछ।
रसियन हाउसको सहयोगमा भइरहेको कार्यशालाको सहयोगीको रूपमा काठमाडौँ प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र न्यारेटिभ नेपाल पनि जोडिएका छन्। यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतिलाई फैलाउनु हो।
यसपाली अनुभवी गुरु योर्ग आन्द्रेस आएका छन्। उनी माइकल चेवक अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्। आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन्। विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिँदै हिड्छन्। युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।
जब माइकल चेकवले आफ्नै पद्धतिको विकास गरे। उनी रसियाबाट निर्वासित भए। युरोपमा आफ्नो स्टुडियो सुरु गरे। त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धति फैलाउन थाले । पश्चिमी समाजमा माइकल चेकवको पद्धति चर्चित छ। अस्कार बिजेता धेरै कलाकारले यो पद्धतिमा काम गरिसकेका छन्।
यो पद्धतिलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको छ । गत वर्ष यहि समयमा यो पद्धतिको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन।
Shares
प्रतिक्रिया