गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत ‘लुकाउने ठावै छैन’ शनिबार (वैशाख १ गते) सार्वजनिक भएको छ।
सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गरेको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका हुन्।
श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन्।
टी इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन्।
120
Shares
प्रतिक्रिया