ad ad

कला


प्रतिक्षा बास्तोला बनिन् मिस कल्चर नेपाल

प्रतिक्षा बास्तोला बनिन् मिस कल्चर नेपाल

नेपालखबर
फागुन ५, २०७६ सोमबार १३:१५,

छैठौ‌ं नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी हेम्जाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन्। उनले मस्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन्। 

पुष्पाञ्जली फेसन एन्ड इभेन्ट द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अफ सपना गौतम, सेकेन्ड रनर अफ सुहाना क्षेत्री, थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जिते।

प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही, वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामीछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए।

‘हाम्रो सस्कृती हाम्रो पहिचान लोपोन्मुख सस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना सहभागी रहेका थिए। गत माग बाट शुरू भएको प्रतियोगितामा कुल ३० जना युवतीहरू सहभागी भएका थिए। उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काएका थिए । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसिले गरेका थिए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत बिजय लामिछाने, हरपल फुडस प्रालीका अध्यक्ष जनक धामी, सिजि ब्रुअरिका ब्रान्ड म्यानेजर मनिष सिह, पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, सिजी बु्रअरीका गण्डकी प्रदेश प्रमुख सुवोद रिसाल, सिजी फुड्सका गण्डकी प्रदेश प्रमुख गोविन्द शर्मा, सिजी इलेक्ट्रोनिक्सका ब्राण्ड म्यानेजर दिवाकर नकर्मी र सेल्स हेड् हरिशचन्द्र अर्याल, कि एड्भर्टाइजिङ्गका बजार प्रवन्धक दिनेश पोखरेल लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्यापी बोर्डिङ्ग स्कूलका प्राचार्य कविराज बराल, फिल्मि डिरेक्टर सावित्री खत्री, सञ्चारकर्मी कविता श्रेष्ठ, मोटिभेसनल ट्रेनर इन्द्रमणि ढुंगाना, मोडल सोनु मल्ल खाँण र मिडियाकर्मी कमल बराल रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .