ad ad

राजनीति


संसद सदस्यका हैसियतमा महराले भनेः मुलुकको स्वाधीनताको रक्षा मेरो उच्च प्राथमिकता

संसद सदस्यका हैसियतमा महराले भनेः मुलुकको स्वाधीनताको रक्षा मेरो उच्च प्राथमिकता

नेपालखबर
फागुन ५, २०७६ सोमबार १३:३७,

पूर्व सभामुख कृष्णबहादुर महराले थुनामुक्त भएपछि सबैलाई धन्यवाद दिएका छन्। आफूमाथि गलत आरोप लगाइएको र अदालतको आदेशबाट आफू निर्दोष सावित भएको भन्दै महराले ‘३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको’ बताएका छन्।

दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले सोही हैसियतमा विज्ञप्ति प्रकाशित गरी भनेका छन् ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ।’

बलात्कार प्रयास गरेको आरोपमा गत असोज १९ गते पक्राउ परेका महराको सांसद पद निलम्बनमा थियो। सोमबार थुनामुक्त भएका महराले सांसदकै हैसियतमा विज्ञप्ति निकालेर आभार प्रकट गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .