नेपालमै पहिलो पटक काठमाडौँमा ‘राष्ट्रिय महिला मादल वादन प्रतियोगिता’ आयोजना गरिएको छ।
कर्णाली कलाकार प्रतिष्ठानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१ राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो।
प्रतियोगीतामा सल्यानकी सुशीला बुढा मगर पहिलो, काभ्रेकी सुकिमाया मोक्तान दोस्रो र दाङकी रीता बुढाथोकी तेस्रो भए।
यसैगरी सुर्खेतकी बिमला गिरीले सान्त्वना पुरस्कार हात पारिन। प्रतियोगीतामा भाग लिन आएकी ७१ वर्षीया कोली कुमारी कुँवरलाई विशेष प्रतिभा सम्मान, देब कुमारी देबकोटालाई पब्लिक च्वाईस सम्मान र जस्मिन कपालीलाई युवा प्रतिभा सम्मान प्रदान गरियो।
प्रतियोगीतामा प्रथम हुनेले ५५ हजार, दोस्रो हुनेले ३५ हजार, तेस्रो हुनेले २५ हजार र सान्त्वना पुरस्कार १५ हजार रुपैयाँ प्रदान गरियो। प्रतियोगितामा २७ जनाले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो। ‘नारीको कला, नारीको सान’ भन्ने मूल नारासहित भएको महिला मादल वादन प्रतियोगितामा कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष टीका पुनको अध्यक्षता थियो भने सूचना तथा सञ्चारमन्त्री रेखा शर्माको प्रमुख अतिथि थिइन्।
प्रतियोगितामा वरिष्ठ मादल बादक खड्ग बुढा मगर निर्णायक संयोजक रहेका थिए भने वरिष्ठ कलाकार प्रेमदेब गिरी, न्हुक्ष बहादुर डंगोल, वरिष्ठ तबला बादक सरिता मिश्र निर्णायक थिए।
उक्त अवसरमा राष्ट्रिय नारी सम्मानद्वारा वरिष्ठ तबला बादक एबं पद्मकन्या क्याम्पसकी तवला बादक सुमित्रा श्रेष्ठ, सामाजिक अभिन्यता साबित्रा अधिकारी र दोहोरी साँझ गायिका बाला पुनलाई ११ हजार ५५५ रुपैयाँ सहित सम्मान गरिएको छ।
राष्ट्रिय महिला मादल वादन प्रतियोगितामा १९ वर्षदेखि ७१ वर्ष सम्मका महिलाले भाग लिएका थिए।
Shares
प्रतिक्रिया