सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’ मा सौगात मल्ल अनुबन्धित भएका छन्। मंगलबार फिल्मको निर्माण टिमले जन्ते बाख्रोको मुख्य भुमिकामा अभिनेता सौगात मल्लसँग सम्झौता गरेको हो।
यस फिल्ममा सिमोस र सौगातले तेस्रोपटक सहकार्य गर्दैछन्। यसअघि उनीहरुले झ्यानाकुटी र हात्तीछापमा एकसाथ काम गरेका थिए।
केही समयअघि जन्ते बाख्रोको निर्माण घोषणा गरिएको थियो। तर, कलाकारबारे भने जानकारी दिइएको थिएन्।
कमेडी कथावस्तुमा आधारित फिल्म ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ। आगामी भदौबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखिरहेका छन्।
मुइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ।
फिल्ममा अभिनेत्रीको भने अहिले खोजी भैरहेको निर्माण टिमले जनाएको छ। अहिले केही अभिनेत्रीसँग कुरा चलिरहेकाले केहीदिनमा पात्र सुहाउदो अभिनेत्रीलाई अनुबन्धित गर्ने तयारीमा निर्माण टिम रहेको छ।
Shares
प्रतिक्रिया