ad ad

कला


दुई विदेशी फिल्मसहित थ्रिलर नेपाली फिल्म ‘बाटो’ प्रदर्शनमा

दुई विदेशी फिल्मसहित थ्रिलर नेपाली फिल्म ‘बाटो’ प्रदर्शनमा

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १२:२३, काठमाडौँ

आज शुक्रबार नेपाली सिनेमा हलमा एक नेपाली फिल्मसहित दुई विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली ‘बाटोस् रोड टु डेथ’ सहित हलिउड फिल्म  ‘द वाचर्स’ र ‘चन्दु च्याम्पियन’ रिलिज भएको हुन्।

रोड थ्रिलर विधाको यो फिल्म मदन थापाको लेखन र निर्देशनमा तयार भएको हो। दक्षिण भारतीय फिल्ममा काम गरिसकेका मदनले फिल्मको सम्पादन समेत गरेका छन्। 

फिल्ममा आशान्त शर्मा, सुलक्षण भारती, मिथिला शर्मा, रक्षा थापा, पशुपति राई, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभास अधिकारी, गणेश उपाध्याय, किरण शाही लगायतको अभिनय छ। 

हरर जनरामा बनेको हलिउड फिल्म ‘द वाचर्स’ मा इशाना श्यामालनको निर्देशनमा बनेको हो। यस फिल्ममा डकोटा फ्यानिङ, जर्जिना क्याम्पबेल, ओल्वेन फउरेसियोभान हेवलेटको लगायचको अभिनय रहेको छ। 

एक युवा कलाकार पश्चिमी आयरल्याण्डको एक घना जंगलमा अन्य तीन अपरिचितसँगै फसेकी छन्। उनीहरुले एक आश्रय फेला पारेका छन्, जहाँ प्रत्येक रात रहस्यमय प्राणीहरुले उनलाई पछ्याउँछन्। जुन कथालाई ‘द वाचर्स’ समेटेको छ। 

त्यसैगरि, आजबाट रिलिज भएको ‘चन्दु च्याम्पियन’ मा कात्तिक आर्यन र विनज राज मुख्य भूमिकामा छन्। एक्सन, बायोग्राफी ड्रामा जनरामा बनेको फिल्ममा कवीर खानको निर्देशन छ। यो फिल्म कहिल्यै हार नमान्ने एक खेलाडीको वास्तविक जीवनमा आधारित छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .