ad ad

कला


रक्सी ठानेर विषादी पिउँदा पन्जाबी अभिनेता रणदीपसिंह भंगुको मृत्यु

रक्सी ठानेर विषादी पिउँदा पन्जाबी अभिनेता रणदीपसिंह भंगुको मृत्यु

पन्जाबी अभिनेता रणदीपसिंह भंगु


नेपालखबर
असार ९, २०८१ आइतबार ८:४१, काठमाडौँ

पन्जाबी फिल्म उद्योगका चर्चित अभिनेता रणदीपसिंह भंगुको निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार ३२ वर्षीय अभिनेता भंगुले कीटनाशक विषादी खाँदा उनको मृत्यु भएको हो।  

अभिनेता रणदीपले मदिरा सम्झेर विषादी पिउन पुगेको बताइएको छ। 

रणदीप भंगुको असामयिक निधनले पन्जाबी फिल्म उद्योग शोकमा डुबेको छ। उनको आज दिउँसो १२ बजे चुहाड माजरा गाउँनजिकै रहेको श्री चमकौर साहिब (रोपर) मा अन्तिम संस्कार गरिने छ।

प्रहरीको प्रारम्भिक निष्कर्ष यस्तो  
रणदीपको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता भंगुले केही समयदेखि मदिरा पिउने गरेको खुलेको छ।

यस क्रममा उनले खेतमा मोटरसाइकलमा राखिएको विषादीको बोतललाई मदिरा सम्झेर पिए।

यसपछि उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो। उपचारका लागि तुरुन्तै अस्पताल लगिए पनि उनको मृत्यु भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .