शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ।
निर्माण टिमले फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै मंसिर ७ गतेका लागि रिलिज डेट तय गरेको हो। यसअघि भदौ २९ गते रिलिज हुने भनिएको थियो।
फिल्मका लागि त्यही मिति उपयुक्त लागेर नयाँ घोषणा गरिएको निर्देशक घिमिरेले बताए।
फिल्मको पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ। उनी जवान र वृद्ध गरी दुई फरक लुक्समा देखिएका छन्।
त्यस्तै पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकार छन्।
फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकाका छन्।
केही समयअघि अमेरिकामा फिल्मको पहिलो चरणको छायांकन गरिएको थियो।
सोमबारदेखि चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने बताइएको छ।
वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिश पाण्डे र शिवराज कार्की निर्माता छन्।
फिल्म सुशन प्रजापतिले छायांकन गरेका हुन्।
Shares
प्रतिक्रिया