ad ad

कला


मेयर रेनु दाहालको उपस्थितिमा ‘तेल भिसा’को इन्डक्ल्याप

मेयर रेनु दाहालको उपस्थितिमा ‘तेल भिसा’को इन्डक्ल्याप

नेपालखबर
साउन ६, २०८१ आइतबार ११:४६, काठमाडौँ

शंकर घिमिरेको निर्देशनमा बनेको फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ।

अमेरिकामा ७० प्रतिशत सुटिङ गरिएको सिनेमाको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो।

सिनेमाको इन्डक्ल्यापमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसमेत उपस्थित थिइन्।

उनले चितवनको भरतपुरमा सिनेमा छायांकन गरेकामा निर्माण टिमलाई धन्यवाद दिनाका साथै तेल भिसालाई सफलताको शुभकामना पनि दिइन्।

यस्तै, फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू यो सिनेमा हेर्नसमेत उत्सुक भएको बताइन्।

यस फिल्मबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा पुनरागमन गर्दै छन्। यसअघि उनले ‘विष’, ‘वीरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’लगायत सिनेमा निर्माण तथा निर्देशन गरेका थिए।

यस फिल्ममा अभिनेता विपिन कार्की पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। विपिनको जवान र वृद्ध गरी दुई फरक अवतार दर्शकले हेर्न पाउने छन्।

यस फिल्ममा  विपिनसहित वर्षा राउत, ऋचा घिमिरे, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका छ। यो फिल्म आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुनेछ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीले लगानी गरेका छन्।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसा फिल्म सुशन प्रजापतिले खिचेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .