विक्की कौशल अभिनित फिल्म ‘ब्याड न्युज’ ले बक्स अफिसमा आफ्नो पकड बलियो बनाएको छ। गत शुक्रबार रिलिज भएको यस फिल्मले चारदिनमा भारतभर ३३.२ करोड भारतीय रुपैयाँ कमाएको छ।
‘ब्याड न्युज’ ले पहिलो दिन ८।६२ करोड भारुको व्यापार गरेको थियो। दोस्रो र तेस्रो दिन फिल्मको कलेक्सन बढेको निर्माण पक्षले जनाएको छ।
‘ब्याड न्युज’ले शनिबार १०।५५ करोड कमाइ गरेको थियो। आइतबार सबैभन्दा बढी ११ करोड १५ लाख भारु कलेक्सन गरेको थियो। धर्मा प्रोडक्सनले सार्वजनिक गरेको तथ्यांक अनुसार ‘ब्याड न्युज’ ले ओपनिङ वीकेन्डमा घरेलु बक्स अफिसमा ३०.६२ करोडको व्यापार गरेको थियो।
सक्कनिल्कको रिपोर्ट अनुसार फिल्मले सोमबार करिब ३.५ करोडको व्यापार गरेको छ। योसँगै ‘ब्याड न्यूज’ले रिलिज भएको चार दिनमा घरेलु बक्स अफिसमा ३४.१२ करोड रुपैयाँ कमाएको दैनिक जागरणले उल्लेख गरेको छ।
रोम कोम जनरामा निर्माण भएको यस फिल्ममा विक्कीसहित तृप्ति डिमरी र एमी विर्कसँगै नेहा धुपिया प्रमुख भूमिकामा छन्।
यी बाहेक फिल्ममा अनन्या पाण्डे र नेहा शर्माको पनि विशेष भूमिका रहेको छ।
Shares
प्रतिक्रिया