अभिनेता राजेश हमाल फिल्ममा फर्किने भएका छन्। उनी दिवाकार भट्टराईको निर्देशनमा बन्ने फिल्ममार्फत फर्किन तयारी रहेको छ।
एक्सन थ्रिलर जनराको फिल्मको लागि हमालसँग कुराकानी भएको निर्देशक भट्टराईले जानकारी दिए।
‘लिखित सहमति त भएको छैन। तर, उहाँ काम गर्न सकरात्मक हुनुहुन्छ। सुहाउँदो रोल भएकाले उहाँलाई अफर गरेका हौं,’ उनले भने।
भट्टराईका अनुसार फिल्मको शीर्षक तय भएको छैन। हमालसँग लिखित सहमति भएपछि अरु कलाकारहरु लिने समेत उनले भने। साइन गरेको खण्डमा राजेश फिल्मको मुख्य भूमिकामा देखिनेछन्। भदौदेखि सुटिङ हुने यो फिल्म दिवाकारको पटकथा र चन्द पन्तको कथा रहेको छ।
योसँगै हमालले पाँचवर्षपछि फिल्ममा पुनरागमन गर्देछन्। उनी पछिल्लोपटक फिल्म ‘सीता’ मा देखिएका थिए।
39
Shares
प्रतिक्रिया