ad ad

कला


‘के घर के डेरा : घर नम्बर २’ मा आर्यनको इन्ट्री

‘के घर के डेरा : घर नम्बर २’ मा आर्यनको इन्ट्री

नेपालखबर
साउन १४, २०८१ सोमबार ११:१९, काठमाडौँ

फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा आर्यन सिग्देल अनुबन्धित भएका छन्। आर्यनको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बनेको छ

निर्माणपक्षले आर्यनसहित फिल्मका मुख्य तीन पुरुष पात्र फाइनल गरेको छ। फिल्ममा यसअघि नै खगेन्द्र लामिछाने र निश्चल बस्नेत फाइनल भइसकेका छन्।

फिल्मको निर्माणपक्ष र आर्यनबीच लिखित सम्झौता भइसकेको छ। यो फिल्ममा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन। 

आर्यनले अभिनित फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो। यो फिल्म बक्स अफिसमा हिट भयो। यसपछि, आर्यनको माग फिल्म क्षेत्रमा बढेको देखिन्छ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ। निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन्। फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ। फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।

सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए। फिल्मलाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ। फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने पक्का भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .