ad ad

कला


‘ब्रेकअप’को हल्लाबीच एकसाथ देखिए ऋतिक रोशन र सबा आजाद

‘ब्रेकअप’को हल्लाबीच एकसाथ देखिए ऋतिक रोशन र सबा आजाद

नेपालखबर
साउन १४, २०८१ सोमबार १३:३४, काठमाडौँ

पछिल्ला केही दिनदेखि अभिनेता ऋतिक रोशन र सबा आजादको ‘ब्रेकअप’को खबर चर्चामा छ। ब्रेकअपको चर्चाबीच आइतबार ऋतिक र सबा एकसाथ देखिए। 

सामाजिक सञ्जालमा ऋतिक रोशन र सबा आजादको एउटा भिडियो भाइरल भइरहेको छ। जसमा दुवै एकअर्काको हात समातेर थिएटरबाट बाहिर निस्किएको देख्न सकिन्छ।  

रिपोर्टका अनुसार, ऋतिकले पूर्वपत्नी सुजैन खान र बच्चाहरुसँग पारिवारिक डिनरमा गएपछि सबासँगको ब्रेकअपक अफवाह फैलिएको थियो। त्यसपछि उनीहरु धेरै कार्यक्रममा एक्लै देखिए। 

अनन्त अम्बानीको बिहेमा ऋतिक रोशन एक्लै देखिए, साबा आजाद उनको साथमा थिइनन्। यसै क्रममा फराह खानकी आमाको निधनमा ऋतिक रोशन एक्लै आएका थिए र त्यहाँ पनि सबा आजादको अनुपस्थितिले मानिसको ध्यान तानेको थियो। र, यी दुईले छुट्टिएको खबरले चर्चा पाएको थियो। 

मानिसहरूले यी दुईबीचको भिन्नतालाई सबा आजादको पोस्टसँग जोडिरहेका थिए, जसमा उनले ऋतिक रोशनसँग डेटिङ गर्दा निकै महँगो परेको बताएकी थिइन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ऋतिक र सबाबीचको मतभेदलाई सबा आजादको पोस्टमा जोडिरहेका थिए। पोस्टमा उनले ऋतिक रोशनसँग डेटिङ गर्दा महँगो परेको बताएकी थिइन्। 

ऋतिकलाई डेट गरेपछि उनले भ्वाइस ओभरको काम पाउन छाडेकी खुलासा गरेकी थिइन्। किनकि निर्देशकहरुले ठूला अभिनेतालाई डेट गरेपछि किन काम चाहियो भन्ने सोच्ने गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .