ad ad

कला


प्रिमियर शोमा रुचाइयो वर्षा स्टारर ‘मोदीबेनी’

प्रिमियर शोमा रुचाइयो वर्षा स्टारर ‘मोदीबेनी’

नेपालखबर
साउन १७, २०८१ बिहिबार १२:०, काठमाडौँ

शुक्रबारबाट रिलिज हुने फिल्म ‘मोदीबेनी’ प्रिमियर शो सम्पन्न भएको छ।  काठमाडौँमा रहेको बिग मुभिजमा भएको प्रिमियर शोमा राजनीतिक व्यक्तिदेखि चलचित्रकर्मीहरुले फिल्मलाई रुचाएका छन्। 

प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ आकर्षणको केन्द्र बने। वर्षा सारीमा सुन्दर देखिएकी थिइन् भने अमरले वर्षासँगको ‘कलर म्याच’ रहेको पोसाक लगाएका थिए। फिल्मकै नव अभिनेत्री स्नेहा भट्टराईसहित रेजिना उप्रेतीसहित निर्माण टिमनै प्रिमियरमा पुगेको थियो। 

प्रिमियर शोमा चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य सोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए। 

प्रतिनिधि सभा सदस्य सोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन्। ‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन्। 

कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन्।

नव अभिनेता अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीले उत्कृष्ट काम गरेको बताउँदै नेपाली चलचित्रमा धेरै पछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको सुनाइन्। 

‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ। 

चलचित्रको लागि उत्कृष्ट प्रतिक्रिया पाएपछि पहिलो पटक चलचित्र निर्देशन गरेका शङ्कर कोइरालाले आफ्नो सपना साकार भएको बताए। शुक्रवार रिलिज हुने ‘मोदीबेनी’ले देशभर उल्लेख्य शोहरू प्राप्त गरेको छ। प्रिमियरबाट प्राप्त प्रतिक्रियाले दर्शकमा चलचित्रप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .