ad ad

कला


‘हाइवे’ को पहिलो रोजाइ थिइनन् आलिया भट्ट

‘हाइवे’ को पहिलो रोजाइ थिइनन् आलिया भट्ट

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १६:३१, काठमाडौँ

बलिउड निर्देशक इम्तियाज अलीले हालै आफ्नो फिल्म ‘हाइवे’ सँग सम्बन्धित खुलासा गरेका छन्। उनले यस फिल्ममा वीराको भूमिकाका लागि अभिनेत्री आलिया भट्ट आफ्नो पहिलो रोजाइ नभएको बताए।

एक अन्तर्वार्तामा ऐश्वर्या रायको नामबारे इम्तियाजले आफू यो भूमिकाका लागि परिपक्व अभिनेत्रीलाई कास्ट गर्न चाहेको बताए।

यसका लागि उनले ऐश्वर्या रायको नाममा विचार गरिरहेका थिए। तर, उनले यो भूमिकाका लागि ऐश्वर्यासँग कहिल्यै सम्पर्क गरेनन्।

हाइवे इम्तियाजको पहिलो फिल्म थियो। निर्देशकका रूपमा उनको यो पाँचौं फिल्म थियो। अलीले भने, ‘म ३० वर्षभन्दा माथिको केटीलाई वीराको भूमिकामा खेलाउन  चाहन्थे।

केही जीवन अनुभव भएको अभिनेत्रीलाई कास्ट गर्न चाहन्थे। तर, आलियालाई भेटेपछि हामी उमेर होइन, भावनात्मक गहिराइ र परिपक्वता खोजिरहेका थियौं, जुन जुनसुकै उमेरमा पनि पाउन सकिन्छ।’

यस फिल्ममा आलियाको अपोजिटमा रणदीप हुड्डा मुख्य भूमिकामा थिए।
सन् २०१४ मा रिलिज भएको फिल्म हाइवे आलियाको करियरको दोस्रो फिल्म थियो।

यसका लागि आलियाले सर्वश्रेष्ठ अभिनेत्री समीक्षकको लागि फिल्मफेयर पुरस्कार जितिन्।

इम्तियाजको पछिल्लो फिल्म ‘अमर सिंह चमकिला’ हो। जुन हालै नेटफ्लिक्समा रिलिज भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .