ad ad

कला


कोरोना स‌ंक्रमित गायिका कनिका कपुर चार कार्यक्रममा सहभागी भइन्, चार सय जनालाई भेटिन्

कोरोना स‌ंक्रमित गायिका कनिका कपुर चार कार्यक्रममा सहभागी भइन्, चार सय जनालाई भेटिन्

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ९:५६,

बलिउडकी प्रसिद्ध गायिका कनिका कपुरमा कोरोना भाइरस (कोभिड १९) पोजिटिभ भेटिएको छ।

 यही मार्च १५ तारिखमा लन्डनबाट लखनउ आएकी उनमा कोरोन भाइरसको संक्रमण देखिएको हो।

उनी कर्मचारीसँगको मिलेमतोमा बाथरुम  हुँदै लुकेर एयरपोर्टबाट बाहिरिएकी थिइन्।

उनी आइतबार लखनउको वीर अपार्टमेन्टमा आयोजित एक कार्यक्रममा समेत सहभागी भएकी थिइन्। सो कार्यक्रममा लखनउका वरिष्ठ अधिकारीहरू र धेरै नेताहरूले भाग लिएका थिए। घटनाको खुलासा भएदेखि पूरै अपार्टमेन्टमा हलचल मच्चिएको छ।

कनिकालाई कोरोनाको संक्रमण भेटिएको समाचारपछि सो पार्टीमा सहभागी भएका सबैजना आतंकित बनेका छन्। कनिका अहिले लखनउको ताज होटलमा बसेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

कनिकाको परिवार सो अपार्टमेन्टमा बस्दै आएका थिए। कनिका बसेपछि अपार्टमेन्टका अन्य बासिन्दाहरुले अहिले त्यो ठाउँ छाडिसकेको बताइएको छ। उनको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ।

पछिल्लो खबरअनुसार स्वास्थ्य विभागले कनिकको सम्पर्कमा रहेका सबै मानिसहरूलाई सम्पर्कमा बोलाएको छ र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह समेत गरिएको छ। सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई चेकजाच गर्दा कोरोनाको संक्रमण नभेटिएको बताइएको छ।

 पिता राजीवले कनिका लन्डनबाट फर्केपछि चार वटा पार्टीमा सहभागी भएको र करिव चार सय मानिसलाई भेटेको बताएका छन्। तर,  उनले याे कुराकाे खण्डन गर्दै आफूले १० जनालाई पनि नभेटेको बताएक‍ी छन्।

 कनिकाले ‘बेबी डल’, ‘जुगनी’, ‘चिटियाँ कलैयाँ’ जस्ता चर्चित गीत गाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .