ad ad

समाज


सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित

सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थगित

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ९:४६,

यही चैत्र १९ देखि १ गतेसम्म गर्ने तयारी गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा कोरोना संक्रमणको त्रासका कारण स्थगित गरिएको छ।

सरकारले २५ जनाभन्दा बढि मानिस भेला, बैठक गर्न रोक लगाएको दुई दिनपछि हजारौ भक्तजन सहभागी हुने मच्छिन्द्रनाथको रथ यात्रा रोकिएको हो।

सक्रमणको जोखिमलाई कम गर्न सजगताको लागि जनस्तरबाट पनि भिडभाड हुने कार्यक्रमहरु नगर्नु उचित ठानेर सो निर्णय गरिएको जनाइएको छ।

शुक्रबार सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको बैठकले सो रथयात्रा स्थगित गर्ने निर्णय गरेको हो।

समितिका संयोजक तथा काठमाडौं महानरपालिका २५ वडाका अध्यक्ष निलकाजि शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरीबहादुर सुवेदी, मच्छिन्द्रनाथका पुजारीहरु, विभिन्न क्लब संघसंस्था र सरोकारवालाको उपस्थितिमा छलफल गरी यसवर्ष आवश्यक र अनिवार्य विधि विधान मुताविकका पुजा मात्र गर्ने र रथयात्रा नगर्ने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘यस वर्ष रथयात्रा गर्न नसकिने स्थिति सिर्जना भएकोमा श्री श्री श्री आर्यावलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) सँग कोटीकोटी क्षमा याचना गर्न चाहन्छौं। यसबाट भक्तजनमा पर्न जाने भावनात्मक तथा साँस्कृतिक असुविधाप्रति क्षमा याचना गर्न चाहन्छौं,’ समितिले भनेको छ। ‘श्री श्री श्री आर्यावलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ)को कृपाले कोरोना महामारी विरुद्धको संघर्षमा मानव जातिले सफलता पाओस र विश्वको कल्याण होस भनी प्रार्थना गर्न चाहन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .