लकडाउनले निम्त्याएको हातमुख जोर्ने समस्या र राहत प्याकेजलाई आधार बनाएर पोखरामा राहत नामक छोटो फिल्म बनेको छ। पत्रकारितासँगै कलाकारितामा पनि जमेकाहरुको अभियन रहेको सर्ट फिल्मको नाम नै राहत राखिएको छ।
राहत प्याकेजको दुरुपयोग र दैनिक ज्यालादारी मजदुरको व्यथा छोटो फिल्मको कथा हो। कथा सामान्य छ तर यथार्थको नजिक छ। फिल्म बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ।
दैनिक ज्यालादारी मजदुरको हातमा राहत कसरी पुगेको छैन भन्ने विषयमा फिल्म बनाइएको कथाकार तथा निर्देशक नेत्र गुरुङले बताए। फिल्मको सहनिर्देशक पत्रकारिताकै सेरोफेरोका भरत छन्त्याल हुन्। उनले कथामा पनि सघाएका छन्।
पत्रकार तथा कलाकारहरु रेम रसाइली, विभु भुषाल, अनिषा श्रेष्ठसहित गीता पराजुली र प्रतीक्षा पौडेलले अभिनय रहेको छ। प्रकाश ‘गुरुङ् काश’ ले खिचेको विजयराज अधिकारी निर्माण व्यवस्थापक रहेको फिल्ममा पोखरा फिल्म सोसाइटी, ज्ञान करियर ईन्ष्टिच्युट,परिचय नेटवर्क, जक्सन डटकम, प्रोडक्सन सी लगायतका संस्था संलग्न छन्।
प्रतिक्रिया