ad ad

राजनीति


भीम रावलका कारण ओलीको पक्षमा बोले लेखराज भट्ट

भीम रावलका कारण ओलीको पक्षमा बोले लेखराज भट्ट

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १०:१८,

सत्तारुढ नेकपामा अहिले सत्ता टिकाउन र लडाउन शीर्ष नेताबीच सांसद तानातान चलिरहेको छ।

यहीबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहँदै आएका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बोलेका छन्।

आपूर्तिमन्त्री भट्टले अहिले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने बताएका छन्।

प्रचण्डका निकटस्थ मानिने यी पूर्वमाओवादीका नेता किन ओलीको पक्षमा लागे त?

यसको कारण प्रचण्ड र अर्का नेता भीम रावलबीच बढ्दो निकटता रहेको नेकपाका एक नेता बताउँछन्।

‘अध्यक्ष प्रचण्ड र भीम रावलबीच बढ्दो हिमचिम भट्टलाई मन परेको छैन,’ ती नेताले भने, ‘सुदूरपश्चिममा पूर्वमाओवादीका सबैभन्दा ठूला नेता थिए भट्ट। पार्टी एकतापछि उनको प्रतिस्पर्धा भनेको माधव नेपाल निकट भीम रावलसँग मात्र थियो।’

यो प्रतिस्पर्धामा प्रचण्डले आफूलाई साथ दिने भट्टको आशा थियो।

‘तर, पछिल्लो समय रावल प्रचण्ड निकट हुँदै गएका छन्,’ ती नेताले भने, ‘त्यसैको परिणाम अहिले देखिएको हो।’

भट्ट कैलाली ४ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .