ad ad

कला


सुशान्तसिंह राजपुतले आखिर किन यति छिटै हार माने?

सुशान्तसिंह राजपुतले आखिर किन यति छिटै हार माने?

नेपालखबर
जेठ ३२, २०७७ आइतबार १५:१८,

कतिलाई याद होला, २००६ को कमनवेल्थ गेम्समा भारतीय टोलीको डान्स प्रदर्शन। ऐश्वर्य रायको प्रदर्शन थियो, पछि थिए थुप्रै डान्सरहरु।

तीनै डान्सरहरुमध्ये एउटाले ऐश्वर्य रायलाई उठाउनु पर्ने थियो। ऐश्वर्यलाई त्यसबेला उठाउने दुब्लो पातलो युवा थिए सुशान्तसिंह राजपुत। तीनै सुशान्त पछि गएर टेलिभिजनका सुपरस्टार बने र फिल्मका हिरो।

आइतबार भने पुलिसले सुशान्तले आत्महत्या गरेको खबर सुनाएको छ। दुर्भाग्यवश त्यस्ता कलाकारको फेहरिस्तमा एक अर्को नाम थपिएको छ, जो युवा थिए, होनहार थिए, संघर्षका कारण सफलता हात पारेका थिए। तर, उनीहरुले धेरै छिटै संसारबाट विदा लिए।

सुशान्त टेलिभिजनबाट सफलता हात पार्दै फिल्ममा कदम राख्ने केही अभिनेताहरुमध्ये पर्थे।

१९८६ मा पटनामा जन्मिएका उनी दिल्ली कलेज अफ इन्जिनियरिङबाट मेकानिकल इन्जिनियरिङ पढिरहेका थिए। तर उनको मन भने डान्स र अभिनयमा थियो।

एक दशकअघि मानिसहरुले पहिलोपटक सुशान्तलाई टेलिभिजनको छोटो पर्दामा देखेका थिए। ‘किस देशमे हे मेरा दिल’ नामक सिरियल थियो। र, २००९ मा आयो टिभी सिरियल ‘पवित्रा रिस्ता।’ जसमा मानव देशमुखको भुमिकाबाट उनले लाखौं फ्यान बटुले।

जोखिम लिने खुबी भएकै कारण सुशान्तले इन्जिनियरिङ छोडेर अभिनयमा लागे। र,मुम्बईको नादिरा बब्बर थियटरमा संग्लन भए। पवित्रा रिस्तामा अपार सफलता पाएपनि उनले २०११ मा उक्त सिरियल छोडेर सबैलाई आश्चार्यमा पारे।

त्यसको करिब दुईवर्षसम्म उनी गुमनाम भए र २०१३ मा आयो उनको पहिलो फिल्म ‘कोई पो चे।’ गुजराज दंगामा आधारित यस फिल्ममा इशान्तको भुमिकामा सुशान्तको अभिनयले चर्चा बटुल्यो।

जोखिम लिने खुबीका अलावा सुशान्तमा अलग अलग एक्सपेरिमेन्ट गर्ने खुबी पनि थियो। यसमा उनलाई सफलता र असफलता दुबैको स्वाद चाखे। 

६ वर्षको फिल्मी करिअरमा सुशान्त कहिले क्रिकेटर महेन्द्रसिंह धोनी बने त कहिले जासुस ब्यामकेस बख्सी। कहिले बिहेको नातामा प्रश्न उठाउनेवाला ‘शुद्ध देसी रोमान्स’का रघुराम।

सुशान्तलाई सबैभन्दा ठूलो सफलता र वाहीवाही दिलाएको फिल्म थियो, ‘एमएस धोनीः एन अनटोल्ड स्टोरी।’ धोनीले नै उनले कसरी आफ्नो ब्याटिङपन, चालढालको अभिनय गर्न सके भनेर तारिफ गरेका थिए। सुशान्तले धोनीको हेलिकप्टर सट पनि फिल्ममा देखाएका थिए।

वास्तविक जीवनमा पनि उनी आफ्नो अडानमा अडिग हुने स्वभावका थिए। जब संजयलिला भन्सालीको फिल्म पदमावतीलाई लिएर करणी सेनाले लगातार विरोध जनाएका थिए। त्यसको विरोध स्वरुप उनले आफ्नो पछिल्लो नाम हटाएर सुशान्तमात्रै टुविटरमा लेखेका थिए। करणी सेनाले पदमावती फिल्म राजपुतको इतिहास बंग्याएको भन्दै आरोप लगाएको थियो।

यो पनि: सुशान्तसिंह राजपुतको टिभीदेखि फिल्मसम्मको सुनौलो यात्रा 

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मलाई फिल्ममा काम नमिलेमा म टिभीमा काम गर्न सुरु गर्नेछु। टिभिमा पनि काम पाइन थाल्यो भने थियटरमा जाउला। थियटरमा २५० रुपैयाँ एक शो गरेको पाइन्छ। तर, म खुशी छु। किनकी मलाई अभिनय एकदमै मनपर्छ। यस्तो सोच्ने मलाई असफलताको डर छैन।’

असफलताको डर नभएका यस्ता आत्मविश्वासी, सफलताको स्वाद चुमिसकेका र पुरै जिन्दगी बाँकी रहेका युवाले आखिर कि यति छिटै हार माने? सबैलाई आश्चार्यमा पारेको छ।

सुशान्तको पहिलो सिरियल किस देशमा हैं मेरा दिलको अभिनयमा उनको शुरुआतमै मृत्यु भएको देखाइन्छ। तर, छोटो पर्दामा पछि उनी यति लोकप्रिय हुन्छन कि उनलाई उक्त सिरियलमा एक प्रेत आत्माका रुपमा पुनः आवद्ध गराइएको थियो।

तर त्यो रिल लाइफ थियो। तर, यो रियल लाइफमा अब सुशान्त कहिलै फिर्ता भएर आउने छैनन। एजेन्सी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .