ad ad

कला


नेपालयको पहिलो इ-बुक, सुजीव शाक्यको 'अर्थात् परिवर्तन'

नेपालयको पहिलो इ-बुक, सुजीव शाक्यको 'अर्थात् परिवर्तन'

नेपालखबर
असार ४, २०७७ बिहिबार ११:३१,

नेपाली प्रकाशन उद्योग नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई ‘इ-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ।

यो योजना, आर्थिक टिप्पणकार सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ रहेको छ। यो किताब ‘इ-बुक’मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुने छ।

नियमित परम्परागत छापा संस्करणका साथसाथै विभिन्न अतिरिक्त माध्यमहरूबाट समेत आफ्ना प्रकाशनलाई पाठकसामु ल्याउने प्रयासमा पब्लिकेशन नेपालयले काम गर्दै आएको जनाएको छ।

फलस्वरूप, नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एन्ड नोबल लगायतका माध्यमहरु मार्फत् संसारभर उपलब्ध छन्। साथै, अँग्रेजी भाषाका पुस्तकहरु ‘इ-बुक’का रुपमा किन्डलमा पनि उपलब्ध छन्। अन्तर्रास्ट्रिय ‘इ-बुक’ का माध्यमहरुमा बिद्यमान, नेपाली भाषाको स्वीकार्यतामा समस्याका कारण नेपाली कृतिहरू इ–किताबका रुपमा व्यापक हुन सकिरहेका थिएनन्।

सुजीब शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालय बाटै प्रकाशित छ, भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशन बाट प्रकाशित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .