ad ad

रोचक


रक्सी पिउन नपाएपछि बाँदरको आक्रमण, एकको मृत्यु कयौं घाइते

रक्सी पिउन नपाएपछि बाँदरको आक्रमण, एकको मृत्यु कयौं घाइते

नेपालखबर
असार ४, २०७७ बिहिबार ११:३९,

बाँदरको आक्रमणमा परेर २ सय ५० जना घाइते भएको इन्डो–एसिएन न्युज सर्भिसले जनाएको छ।

उत्तर प्रदेशको मिर्जापुरमा उक्त बाँदरलाई एक व्यक्तिले पाल्दै आएका थिए। ती व्यक्तिले बाँदरलाई दैनिक रक्सी पिलाउथे।

बाँदरको नाम कल्वा राखिएको थियो। रक्सी पिउँदा पिउँदा उक्त बाँदर जड्याहाँ बनिसकेको थियो। तर जब बाँदरको मालिकको मृत्यु भयो।

त्यो बाँदरले रक्सी पिउन पाएन। रक्सी पिउन नपाएपछि उक्त बाँदरले सडकमा देख्नेजत्ति सबैलाई आक्रमण गर्न थालेको थियो।

बाँदरले धेरैलाई टोकेको बताइएको छ। तीमध्ये एकको मृत्यु भएको हो। हाल उक्त ६ वर्षको बाँदरलाई नियन्त्रणमा लिएर कानपुरको चिडियाखानामा राखिएको छ।

त्यहाँका चिकित्सकहरुले उक्त बाँदरले हरियो तरकारी खान नमानेको बताएका छन्। उक्त बाँदरले त्यहाँका अन्य बाँदरलाई पनि आक्रमण गरेपछि त्यसलाई यतिबेला पिँजडामा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .