ad ad

कला


सहयोगीहरुमा संक्रमण देखिएपछि आमाको कोरोना परीक्षण गराउँदै आमिर

सहयोगीहरुमा संक्रमण देखिएपछि आमाको कोरोना परीक्षण गराउँदै आमिर

नेपालखबर
असार १६, २०७७ मंगलबार ९:३९,

 बलिउड अभिनेता आमिर खानले आफ्ना कोही सहयोगीहरुलाई कोरोना पोजिटिभ देखिएको बताएका छन्।

उनीले कोरोना पोजिटिभ देखिएकाहरुलाई तुरुन्तै क्वारेन्टिनको व्यवस्था गरीएको र घरमा रहेका बाँकी सदस्यहरुको पनि परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताएका छन्।

अभिनेता खानले बीएमसीले संक्रमितहरुलाई मेडिकल सेवा उपलब्ध गराएको र उनीहरुको राम्रो रेखदेख गरेको समते जानकारी दिए। उनले आफ्नी आमाबाहेक अन्य सबैको कोरोना परीक्षण गरिएको जानकारी दिए।

‘हामी सबेको कोरोना परीक्षण भयो र रिपोर्ट नेगेटिभ आएको छ’, उनले सामाजिक सञ्जल ट्विटरमा लेखेका छन्, ‘अब म आमाको कोरोना परीक्षण गराउँछु, उहाँको मात्रै परीक्षण बाँकी छ।’ उनले आमाको नेगेटिभ रिपोर्टका लागि प्राथना गरिदिन समेत सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .