भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको जाँच पड्तालका लागि मुम्बई पुलिसले ट्विटरलाई जानकारी माग्दै पत्र लेखेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ट्विटरमा सुशान्तको एक्टिभिटीको जानकारी लिन पुलिसले ट्विटरलाई चिठ्ठी लेखेको हो। पुलिसले सुशान्तको एकाउन्टसँग जोडिएको विस्तृत विवरण ट्विटरसँग मागेको सञ्चारमाध्यमले जनाएका छन।
यो पनि: सुशान्तसिंह राजपुतले आखिर किन यति छिटै हार माने?
सुशान्तले आत्महत्या गर्नुको कारण खोजीरहेका बेला पुलिसले ट्विटरलाई चिठ्ठी लेखेको हो। प्रहरीले सुशान्तले कुनै ट्विट डिलिट गरे/नगरेको पनि जानकारी मागेको छ। एजेन्सी।
3
Shares
प्रतिक्रिया