ad ad

कला


साम्राज्ञीलाई भुवनको पत्र : व्यवहार नफेरे कडा कारबाही (पत्रसहित)

साम्राज्ञीलाई भुवनको पत्र : व्यवहार नफेरे कडा कारबाही (पत्रसहित)

नेपालखबर
असार १८, २०७७ बिहिबार १२:१५,

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसीबीचको विवाद उत्कर्षमा पुगेको छ। 

साम्राज्ञीले अभिनेता केसीले जापानमा भएको एक कार्यक्रममा अभिनेता केसीले आफूमाथि दुर्व्यहार गरेको आरोप लगाएपछि भुवनले सामाजिक सञ्जालमा साम्राज्ञीका नाममा पत्र लेख्दै सच्चिन आग्रह गरेका छन्। 

उनले साम्राज्ञीको आरोपले आफ्नो मान–प्रतिष्ठामा आँच पुगेको भन्दै यस्ता क्रियाकलाप दोहो¥यए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन्।

उनले आफू ४० वर्षदेखि चलचित्र क्षेत्रमा रहेको र यो क्षेत्रमा आफूले प्राप्त गरेको मान प्रतिष्ठामा आच आउँने कुनै पनि क्रियाकलाप नगर्न र सामाजिक सञ्जालमा पोस्ट नगर्न उनले साम्राज्ञीसँग अनुरोध गरेका छन्।

उनले आफ्नो आग्रहपछि पनि यसप्रकारका क्रियाकलाप जारी राखे साइबर र मानहानी सम्बन्धी कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्।

यस्तो छ भुवनको पत्र:

डियर साम्राज्ञी,
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ‘ड्रिम्स’बाट चलचित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति, तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु। करिब ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भई सुपरहिट् भएको चलचित्र ड्रिम्सको शुटिङको क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आजभोलि म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आश्चर्य लागेको छ।

आफूलाई ब्रेकदिने पितातुल्य व्यक्तिका बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्स्ट्राग्राम भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरुको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

अब उप्रान्त तपाईंले म भुवन केसीले विगत करिव चलीस वर्षदेखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातदिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुनः त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्राम , फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न सुचित गर्दछु।

मेरो यो सूचनाको बावजुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे÷गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानीसम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान–सम्मानको हानी नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजाएको भागेदारी गराउनुको निमित्त, आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने  व्यहोरो तपाईंलाई बढो दुस्खका साथ जानकारी गराउँदछु।

भवदीय
भुवन केसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .