ad ad

कला


१० करोड क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा

१० करोड क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ९:२७,

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार अभिनेता केसीले जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गाली-बेइज्जतीको मुद्दा दर्ता गरेका हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले साम्राज्ञीविरुद्ध मुद्दा दायर भएको बताए। उनले केसीले गाली–बेइज्जति मुद्दामा १० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको बताए। ‘१० करोड क्षतिपूर्ति माग्दै अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको छ’, कार्कीले नेपालखबरसँग भने।

अभिनेत्री शाहले भुवन निर्मित फिल्ममा काम गर्ने बेला र एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

साम्राज्ञीको आरोप गलत भएको र त्यसले आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेता केसीले यसअघि कलाकार संघमा पनि उजुरी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .